अमेरिकासँग सम्बन्ध बलियो पार्दै जापान
<p>काठमाडौं। अमेरिकासँगको सम्बन्ध थप मजबुत पार्ने उद्देश्यले जापानी प्रधानमन्त्री योसिहिदे सुगा यसै महिनाको १६ तारिख अमेरिका जाने भएका छन्। सुगाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने छन्।<br />
मुख्य क्याबिनेट सचिव कट्सुनोबु काटोले भने, ‘‘अमेरिका जापानका लागि महत्वपूर्ण देश हो भन्ने प्रमाण यो भ्रमण हो। हामी जापान–अमेरिका गठबन्धनको तागत र हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी प्रतिबद्धता दर्शाउन पनि चाहन्छौं।’’(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्