भारतमा बेरोजगारी दर घट्यो
<p>काठमाडौं। कोरोना संकटसँग जुधिरहेको भारतमा बेरोजगारी दर घटेर ६.२ प्रतिशतमा झरेको छ। फेबु्रअरीमा यस्तो दर ६.९० प्रतिशत थियो।<br />
यो आँकडा बिजनेस तथा इकोनोमिक रिसर्च फर्म सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीले जारी गरेको हो। आँकडाअनुसार मार्चमा सहरमा बेरोजगारी ७.२४ र गाउँमा ६.१९ प्रतिशत थियो। २०२१ मा सहरमा रोजगारी केही घटे पनि गाउँमा बढेको छ। गाउँमा कृषिजन्य कामकाजमा मानिसहरु लाग्न थालेकाले रोजगारी बढेको हो।</p>
प्रतिक्रिया दिनुहोस्