अन्तर्राष्ट्रिय अदालतका अधिकारीमाथि लगाइएको प्रतिबन्ध बाइडेनले हटाए
<p>काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्ववर्ती डोनाल्ड ट्रम्प प्रशासनले लगाएको अन्तर्राष्ट्रिय अपराध न्यायालयका अधिकारीमाथिको प्रतिबन्ध शुक्रबार हटाएका छन्। यसबाट अन्तर्राष्ट्रिय संस्था र अधिकारीलाई निशाना बनाउने पूर्वप्रशासनको सबैभन्दा आक्रामक फैसलाको अन्त्य भएको छ।<br />
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले भने, ‘‘हाम्रा चिन्ताहरुलाई कूटनीतिक ढंगमा हेरिनुपर्छ, प्रतिबन्ध लगाएर होइन।’’(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्