कृषकलाई चैते धान रोप्न चटारो
<p>काठमाडौं। चैत महिना शुरु भएसँगै तनहुँमा चैते धान रोप्न चटारो सुरु भएको छ। तनहुँका विभिन्न भागमा यतिबेला कृषक चैते धान रोप्न व्यस्त छन्।</p>
<p>जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे तथा ३,५०० हेक्टरमा चैते धानखेती हुने गरेको छ। जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन्।</p>
प्रतिक्रिया दिनुहोस्