ताइवानमा एक दशकयताकै भयानक रेल दुर्घटना
<p>काठमाडौं। ताइवानमा शुक्रबार भएको एक दशकयताकै भयानक रेल दुर्घटनामा परेर ५० जनाको मृत्यु भएको छ। मृतकको सम्झनामा शनिबार देशभर राष्ट्रिय झण्डा आधा झुकाइएको छ।</p>
<p>अधिकारीहरूले शुक्रबारको रेल दुर्घटना एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि भएको बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्