दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने
<p>काठमाडौं। दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । </p>
<p>न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ ।<br />
न्याय मन्त्रालयको पत्रानुसार नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै नेपालीहरूलाई सो कुरा जानकारी गराएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्