हेटाैंडा। मकवानपुर प्रहरीले अपहरणमा परेका एकजनालाई आठ घण्टामा उद्धार गरेको छ।
मकवानपुर प्रहरीले आज बिहान बन्धक बनाइराखेको अवस्थामा हेटौंडा–९ बाट रामेछाप दोरम्बा–५ बस्ने २१ वर्षीय नरेश थापामगरलाई उद्धार गरेको हो।
प्रहरीका अनुसार हेटौंडा–४ स्थित फरेष्ट्री गेट अगाडि अम्लेखगञ्जबाट काठमाडाैं जाँदै गरेको बा२ज ५९५ नम्बरको ट्याक्सीमा सवार नरेश थापामगरलाई बा२ज ५३५६ नम्बरको ट्याक्सीमा आएका तीनजनाको समूहले कुटपिट गरी घरेलु हतियार देखाएर अपहरण गरी हेटौंडा–९, लाम्सुरेस्थित एक घरमा बन्धक बनाइराखेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी अपहरणमा संलग्न पाँचजनालाई सार्वजनिक गर्दै यसबारेमा जानकारी गराएको हो।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घटनाको जानकारी पाएलगत्तै मकवानपुरबाट खटिएको प्रहरीले अपरहणमा संलग्न भएको आरोपमा चारसहित एकजना बन्धक बनाइराख्ने घरधनीसमेत पाँचजनालाई हेटौंडा–९, लाम्सुरेबाट पक्राउ गरेको बताए।
प्रहरीले अपहरणमा संलग्न रहेकाे आराेपमा कैलाली धनगढी घर भई जिल्ला काठमाडौं–३, पुरानो बानेश्वरका २४ वर्षीय आशिष सिजापति, कञ्चनपुर श्रीपुर–६ की २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाउँपालिका–६ का कृष्ण गुरुङ, सोही गाउँपालिका–४ घर भई बा२ज ५३५६ नम्बरका ट्याक्सी चालक आशिक लामालाई पक्राउ गरेको हाे।
बन्धक बनाइराखेको घरधनी हेटौंडा–९, लामसुरेका ३६ वर्षीया सरस्वती तामाङलाई घटना भएको आठ घण्टापछि पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। रासस
" /> हेटाैंडा। मकवानपुर प्रहरीले अपहरणमा परेका एकजनालाई आठ घण्टामा उद्धार गरेको छ।मकवानपुर प्रहरीले आज बिहान बन्धक बनाइराखेको अवस्थामा हेटौंडा–९ बाट रामेछाप दोरम्बा–५ बस्ने २१ वर्षीय नरेश थापामगरलाई उद्धार गरेको हो।

">