एनआरएनएले दियो एक लाख ७० हजारभन्दा बढीलाई राहत
<p>काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ। </p>
<p>संघले ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहर र राज्यहरुमा रहेका करीब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ।</p>
<p>संघका अध्यक्ष कुमार पन्तले संघले नेपाल सरकारसँग मिलेर महामारीको बेला संघले खाना तथा बासको व्यवस्था, हवाई टिकट लगायतका सहयोग गरेको बताए।</p>
प्रतिक्रिया दिनुहोस्