करिब साढे १६ हजारलाई बिभिन्न सहयोग प्रदान

काठमाडौं। गैरआवासीय नेपाली संघले कोरोना महामारीको समयमा ‘नेपालीका लागि नेपाली’ भन्ने अभियान अन्तर्गत १६ हजार ३०० सयभन्दा बढी नेपाली कामदारलाई बिभिन्न किसिमको सहयोग पुर्याएको जनाएको छ।

विभिन्न गन्तव्य मुलुकहरु र नेपालमा रहेका कामदारलाई उक्त सहयोग दिइएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसको लागि विश्वभर २५ सय भन्दा बढी स्वयंसेवकहरुले दिनरात सेवा दिइरहेको संघले जनाएको छ।

दुई हजार ८०० जनाभन्दा बढी नेपालीहरुलाई राहत स्वरुप खाना तथा अस्थायी बास उपलब्ध गरिएको संघको दाबी छ।

प्रतिक्रिया दिनुहोस्