खर्चमा पूर्ण पारदर्शिता
<p>काठमाडौं। गैरआवासीय नेपाली संघले कोभिड–१९ बाट प्रभावितहरुको लागि स्वीकृत कार्यक्रममा स्पष्ट रुपमा संस्थाका आर्थिक नियमावलीलाई आधार बनाई खर्च गरिएको दाबी गरेको छ। </p>
<p>यस्ता खर्चहरुका बारेमा संस्थाले आन्तरिक तथा स्वतन्त्र लेखा परीक्षणको कार्य समेत गरेको संघले जनाएको छ। </p>
<p>“हाल सम्मका सम्पूर्ण खर्चहरुलाई दाताले समेत परिक्षण गरेको र नियमित रुपमा खर्चको प्रतिवेदन समेत दातालाई दिने गरेका छौँ”, संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्