लाप्राकबस्ती वैशाख १२ गते हस्तान्तरण गरिने
<p>काठमाडौं। २०७२ वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोर्खाको लाप्राकमा गैरआवासीय नेपाली संघले ५ सय ७३ वटा निजी आवास निर्माण कार्य सम्पन्न गरेको छ।</p>
<p>सम्पूर्ण प्रक्रिया पूरा गरेर २०७८ वैशाख १२ गते सो बस्ती हस्तान्तरण गरिने संघले जनाएको छ।</p>
<p>बस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिकाबाट समेत सहमति भइसकेको र अन्य सम्पूर्ण प्रक्रियागत काम पनि पूरा भएको संघले बताएको छ।</p>
<p>एक भव्य कार्यक्रमको आयोजना गरेर बस्ती निर्माण कार्य हस्तान्तरण गरिने छ।</p>
प्रतिक्रिया दिनुहोस्