नेपाल प्रहरीका दुई डीआईजीको सरुवा
काठमाडौं। गृहमन्त्रालयले नेपाल प्रहरीका दुईजना डीआईजीहरूको काज सरुवा गरेको छ।

गृहले डीआईजी विश्वराज पोखरेल र शैलेश थापा क्षेत्रीको सरुवा गरेको हो। मन्त्रीस्तरीय बैठकले आज उनीहरूको सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी विश्वराज पोखरलेलाई महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएको छ।

पोखरेल यसअघि प्रहरी प्रवक्ता थिए। थापाको सचिवालयमा सरुवा भएसँगै उनलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ। थापाले पनि यसअघि प्रहरी प्रवक्ताको रूपमा काम गरिसकेका छन्।

विभिन्न क्षेत्रको कमान्ड सम्मालिरहेका डीआइजीहरूको सरुवा गर्ने तयारी भइरहेका बेला दुईजनाको मात्रै सरुवा भएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्