भारतमा कोरोना संक्रमितको संख्या बढेपछि मोदीले बोलाए उच्चस्तरीय बैठक <p>एजेन्सी। भारतमा पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठक बोलाएका छन्।&nbsp;</p> <p>स्रोतका अनुसार बैठकपछि कोरोनाको सामना गर्न मोदीले विशेष कार्यक्रमको घोषणा गर्नेछन्। बैठकमा भारतमा चलिरहेको कोरोना खोप अभियानको पनि समीक्षा गरिने जनाइएको छ।&nbsp;</p> <p>भारतमा पछिल्लो चौबिस घण्टामा ९३ हजार २४९ &nbsp;कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। भारतमा कूल संक्रमितको संख्या एक करोड २४ लाख ८५ हजार ५०९ पुगेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्