म्यानमारमा मारिने प्रदर्शनकारीको संख्या साढे पाँच सय पुग्यो
<p>काठमाडौं। म्यानमारमा सुरक्षा फौजले चलाएको गोलीबाट मारिने प्रदर्शनकारीको संख्या कम्तीमा पाँच सय ५० पुगेको छ। प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुमाथि सुरक्षा फौजले जथाभावी गोली चलाएको हो। <br />
फेब्रुअरी १ मा सेनाले ‘कू’ गरी म्यानमारको शासनसत्ता आफ्नो हातमा लिएपछि प्रजातन्त्र पुनःस्थापनाको माग राख्दै निरन्तर प्रदर्शन भइरहेको छ। म्यानमारका सुरक्षा फौजले झण्डै तीन हजारलाई पक्राउ गरी थुनेको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्