काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरूले सरकार र पार्टीलाई प्रभावकारी बनाउन जोड दिएका छन्।

नेकपा स्थायी समितिको आजको बैठकमा बोल्ने नेताहरूले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित र संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीका आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारका कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयमा जोड दिएका हुन्।

स्थायी समिति बैठकको चौथो दिन आज पनि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमाथि छलफल भयो।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १२ जना स्थायी समिति सदस्य र आमन्त्रित सदस्यले विचार राखे।

उनीहरूले प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि आआफ्ना थप सुझावसहित धारणा राखेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, प्रदीपकुमार ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले बोलेको थिए। बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ।

नेकपा स्थायी समितिको बैठक एक वर्षपछि २९ गतेदेखि शुरू भएको थियो। बैठकका लागि राजनीतिक प्रतिवेदन र विधान संशोधनका साथै नेपाल–भारत सीमा समस्या र आगामी केन्द्रीय समिति बैठकलगायत विविध कार्यसूची निर्धारण गरिएको छ।

विधान संशोधन प्रस्तावमा पार्टीको तत्कालीन कार्यनीति समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने शब्दावली प्रस्तावनामा थपिएको छ भने उपाध्यक्ष पद सिर्जना गरी उक्त पदमा नेता वामदेव गौतमलाई जिम्मेवारी दिने सचिवालयको प्रस्ताव छ।

बैठकमा सदस्यहरूले बोलिसकेपछि अध्यक्ष र वरिष्ठ नेताहरूले जवाफ दिनेछन्।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरूले सरकार र पार्टीलाई प्रभावकारी बनाउन जोड दिएका छन्।

"> सरकार र पार्टीलाई प्रभावकारी बनाउन नेकपा नेताहरूको जोड: Dekhapadhi
सरकार र पार्टीलाई प्रभावकारी बनाउन नेकपा नेताहरूको जोड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्