काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनले आफूलाई बैंकहरूले ऋणका लागि नपत्याएको गुनासो गर्दै विदेशमा बस्ने नेपालीहरूसँग ऋणका लागि अपिल गरेका गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् पुनले आफूलाई दुईवटा परियोजनाका लागि ३ करोड रूपैयाँ आवश्यक परेको तर, नेपाली बैंकले नपत्याएको भन्दै यस्तो आग्रह गरेका हुन्।
उनले अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत विश्वका जुनसुकै देशमा बस्ने नेपालीलाई चार प्रतिशत ब्याजदरमा ऋण दिन आग्रह गरेका छन्। आफूले अघि सारेका सामुदायिक पर्यटन र साना–साना प्रविधिका सामान बनाउने कारखाना स्थापना गर्नका लागि ऋण चाहिएको उनको भनाइ छ।
सामुदायिक पर्यटन कार्यक्रम १० वर्षदेखि आंशिक रूपमा चलेको र त्यसलाई पूर्ण बनाउन ऋण चाहिएको उनले बताएका छन्। उनले भनेका छन्, ‘विदेशमा बस्ने नेपालीले ५, १०, १५ लाख जति सक्नुहुन्छ, त्यति ऋण दिन सक्नुहुन्छ। म तीन वर्षभित्र त्यो ऋण चुक्ता गर्नेछु।’
किन चाहियो महावीरलाई ३ करोड ऋण ?
महाविर पुनले ऋण माग्नुका दुई कारण अघि सारेका छन्।
“भ्रमण बर्ष २०२० मा पदयात्रा गर्ने पर्यटक भित्र्याउने दुईवटा योजना बनाएर संघीय सरकार र गण्डकी प्रदेश सरकारलाई गत वर्षदेखि नै अनुरोध गरेको थिएँ, पहिलो योजना ‘राउण्ड धौलागिरी ट्रेकिङ रुट’को विकास गरेर आवश्यक पर्ने पर्ने सम्पूर्ण बन्दोबस्त गर्ने र २०१९ मा नै ट्रेकिङ शुरू गर्ने भन्ने थियो”, उनले लेखेका छन्, “दोश्रो योजना हामीले पहिले नै शुरू गरेको पदमार्गमा रहेका सामुदायिक लजहरूमा पर्यटकको चाप थेग्न थप कोठा बनाउने भन्ने थियो। पूर्वाधार नबनाइकन पर्यटक भित्र्याउन र आएका पर्यटकलाई राम्रो सेवा दिन सकिँदैन। तर, संघीय सरकार र गण्डकी प्रदेश सरकारले २५ लाख रूपैयाँसम्म सहयोग गर्नुहोस् भन्दा पनि सुनेनन्। बैंकहरूले मैले प्रस्ताव गरेको जस्तो मोडेलको सामुदायिक कुरामा लगानी नै गर्दैनन्।”
त्यसैगरी राष्ट्रिय आविष्कार केन्द्रमा अहिले भइरहेका अनुसन्धानका काममध्ये पाँचवटा काम चाँडै सफल हुने उनको आशा छ। त्यसपछि सानो स्केलमा उत्पादन गरेर बजारीकरणमार्फत् अनुसन्धानकर्तालाई उद्यमी बनाउन सानै भए पनि ‘म्यानुफ्याक्चरिङ प्लान्ट’ बनाउन अत्यावश्यक रहेको उनको तर्क छ। “उनीहरूलाई उद्यमी बनाइएन भने हाम्रा प्रतिभाशाली सन्तती नेपालमा बस्दैनन्, यसको लागि प्रदेश ३ र ४ का सरकारसँग कुरा गर्दा मुखले हुन्छ मात्र भने”, उनले लेखेका छन्, “बैंकहरूले पनि यसका लागि ऋण पत्याउँदा रहेनछन्।”
अभियन्ता पुनले सरकार, राज्यसंयन्त्र र बैंकहरूसँग लामो समय गुहार्दा पनि केही नभएको गुनासो गरे।
“मैले सन् २०१३ देखि नेपालका अधिकांश बैंकमा प्रपोजल बुझाउन थालेको हुँ, नेपालका बैंकसँगै विश्व बैंक, एडीबी लगायतमा पनि धाएँ”, उनले देखापढीसँग भने, “तर, ऋणमा कसैले पत्याएनन्।”
सरकारी निकायबाट पनि आश्वासन मात्र पाएको उल्लेख गर्दै उनले भने, “सरकारी निकायहरूले कहिल्यै पनि हुन्न भनेनन्, बजेट भने कहिल्यै विनियोजित गरिएन। सबैतिरबाट आजित बनेपछि सार्वजनिक आह्वान गरेको हुँ।”
सहयोगको आशा
सार्वजनिक आह्वान गरेको दुई दिनमै पुनलाई सहयोग गर्ने सहयोगी हातहरु देखापरेका छन् । त्यसपछि ब्याजमा ऋण दिने तथा सहयोग गर्न चाहने व्यक्तिको संख्या बढिरहेको उनले बताए।
“विदेशमा बस्ने नेपालीहरूले विदेशमा रहँदा २/३ प्रतिशत मात्र ब्याज पाउनुहुन्छ, त्यही भएर उहाँहरूलाई ऋणको चार प्रतिशत ब्याज दिने भनेको छु, उहाँहरूले चासो देखाउनुभएको छ”, उनले भने, “कसैले चाहिँ ब्याज नचाहिने र सावाँ मात्र फिर्ता गरे हुन्छ भन्नु भएको छ। कोही खुला मनले आर्थिक सहयोग गर्न तयार देखिनु भएको छ। बल्ल एक दशकदेखिको सपना पुरा हुन्छ झैं लागेको छ।”
" /> काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनले आफूलाई बैंकहरूले ऋणका लागि नपत्याएको गुनासो गर्दै विदेशमा बस्ने नेपालीहरूसँग ऋणका लागि अपिल गरेका गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत् पुनले आफूलाई दुईवटा परियोजनाका लागि ३ करोड रूपैयाँ आवश्यक परेको तर, नेपाली बैंकले नपत्याएको भन्दै यस्तो आग्रह गरेका हुन्।

">