वैदेशिक रोजगार जानकारी पुस्तिका सार्वजनिक
काठमाडाैं। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतना फैलाउने उद्देश्यले वैदेशिक रोजगारसँग सम्बन्धित जानकारी समेटिएको पुस्तिका सार्वजनिक गरिएको छ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आज काठमाडाैंमा आयोजित एक कार्यक्रममा ‘विल्डिङ एण्ड उड वर्कर्श इन्टरनेशनल’ (बिडब्लुआई) नेपालले सो पुस्तिका सार्वजनिक गरेकाे हाे।

पुस्तिकामा वैदेशिक रोजगारको अवस्था, वैदेशिक रोजगारीमा जानु अगाडि ध्यान दिनुपर्ने विषय, विदेशमा रहँदा कसरी सुरक्षित रहनेलगायत जानकारी समेटिएको छ।

यस्तै नेपालको सरकारी तथा गैरसरकारी निकाय, तिनले दिने सेवा, विदेशमा आइपर्न सक्ने समस्या, ती समस्याबाट बच्ने उपायका साथै कार्यस्थलमा श्रमिकले अपनाउनुपर्ने सजगताका विषय समेटिएको छ। जानकारीमूलक पुस्तिका पत्रकार सुनिल न्यौपानेले तयार पारेका हुन्।

वैदेशिक रोजगारीमा जाने श्रमिक, ट्रेड युनियन, वैदेशिक रोजगारीका बारेमा जान्न चाहने पाठक, यसको प्रक्रियागत व्यवसायमा संलग्न म्यानपावर, अभिमुखीकरण संस्था र सरकारी निकायलाई सो पुस्तिका उपयोगी हुने विश्वास गरिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्