प्रदेश प्रहरी कार्यालय सर्यो
<p>कैलाली। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए। </p>
<p>उनले भने, ‘राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व्यवस्था भएअनुसार कार्यालय सरेको हो ।’ </p>
<p>वर्षौ पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका सेनाको पृतना तथा प्रदेश प्रहरी कार्यालय कैलालीमा सारेपछि त्यहाँका बासिन्दा आक्रोशित भएका छन् ।</p>
प्रतिक्रिया दिनुहोस्