भ्रमण वर्षमा ‘रत्न मन्दिर’ खुलाउने तयारीमा गण्डकी प्रदेश
पोखरा। गण्डकी प्रदेश सरकारले फेवाताल किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने तयारी गरेको छ। ‘भिजिट नेपाल २०२०’ को उद्घाटन रत्न मन्दिरबाट गर्ने गण्डकी प्रदेश सरकारको योजना छ।

गण्डकी प्रदेश सरकारका उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालका अनुसार नेपाल ट्रस्टको स्वामित्वमा रहेको रत्न मन्दिर, प्रदेश सरकार अथा महानगरपालिकालाई ट्रस्टले नै आग्रह गरेपछि खुलाउने तयारीमा लागेको हो।

मौखिक सहमतिअनुसार १६ पुस अर्थात भ्रमण वर्षको उद्घाटन कार्यक्रम नै रत्न मन्दिरमा गर्ने तयारीमा प्रदेश सरकार लागेको छ।

“क्याबिनेटबाट निर्णय भएर आउनुपर्छ, मौखिक सहमति त भइसकेको छ” लम्सालले भने, “हामीले यसरी सञ्चालन गर्छौं भनेर ड्राफ्ट तयार पार्दैछौं। यताबाट हामीले पठाइसकेपछि क्याबिनेटबाट स्वीकृत भएर आउँछ।”

महानगर अथवा प्रदेश सरकारमध्ये एकले सञ्चालनको जिम्मा लिने उनले जानकारी दिए। तर, रत्न मन्दिरको व्यवस्थापन र संरक्षणको जिम्मा भने नेपाल ट्रस्टले नै लिने छ।

गण्डकी प्रदेशमा ‘भिजिट नेपाल २०२०’को लागि ५६ सदस्यीय समिति गठन गरिएको छ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री लम्सालको संयोजकत्वमा बनाइएको उक्त समितिले भिजिट नेपाल २०२० लाई सफल पार्नका लागि काम अघि बढाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्