काठमाडौं। ३० मंसीर बिहान शुभ समाचारको पढ्ने–हेर्ने–सुन्ने पर्खाइमा रहेका धेरै व्यक्ति अनपेक्षित अशुभ समाचारले बेचैन बने। सबैलाई बेचैन पार्ने त्यो समाचार थियो, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको।
त्यस दिन बिहान हुँदानहुँदै ५१ वर्षीय भट्टराईको निधन भएको खबर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भइसकेको थियो। राति नै हृदयघात भएका भट्टराईलाई अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए।
त्यसको दुई दिन अघि मात्र नेपाली रंगमञ्च तथा सिने उद्योगका चर्चित अभिनेता दीपक क्षेत्री पनि आफ्नै घरमा मृत भेटिएका थिए। उनको मृत्युको खास कारण खुल्न सकेको छैन। तर, परिवारका सदस्य तथा सिनेकर्मीहरूले क्षेत्रीको मृत्यु पनि हृदयघातबाटै भएको हुन सक्ने अनुमान गरेका छन्।
नेपाली सिने जगतले दुईजना हस्तीलाई गुमाएको यो साता अकस्मात भएको हृदयघातबाट मृत्युवरण गर्ने अरू पनि छन्। जस्तो कि, ३० मंसीर साँझ धनगढीमा ३१ वर्षीय युवक रोशन बम यसको शिकार बने। शौचालय गएका उनी लामो समय नफर्केपछि परिवारका सदस्यले ढोका फोडेर हेर्दा अचेत अवस्थामा भेटिएका थिए। अस्पताल पुर्याउना साथ उनको मृत्यु भएको थियो।
परिवारका सदस्यहरूका अनुसार उनको मृत्युको कारण पनि हृदयघात नै हुन सक्छ। के युवा, के अधवैंशे, के पाका मान्छे– सबैलाई सताउन थालेको छ अचानक हुने हृदयघातले।
जस्तो कि, ७ कात्तिकमा कलाकार मदनकृष्ण श्रेष्ठको एक्कासि छाती दुख्यो। उनलाई तत्काल धापासी, काठमाडौंस्थित ग्राण्डी अस्पताल पुर्याइयो। दुई दिनको उपचारपछि उनी सञ्चो भएर घर फर्किए।
छाती दुखेर अस्पताल पुग्दा उनको मुटुमा दुईवटा भल्वमा ‘ब्लकेज’ देखिएको थियो। “बिहान मर्निङ वाक गर्ने क्रममा छाती दुख्यो, ढिलो नगरी अस्पताल गएँ”, मदनकृष्णले भने, “एक ठाउँमा ९९ प्रतिशत र अर्कोमा ९५ प्रतिशत ब्लकेज भइसकेको रहेछ। समयमै अस्पताल पुग्दा ठूलो दुर्घटनाबाट जोगिएँ।”
नेकपा अध्यक्ष पुष्पकमल दाहालले हृदयघातकै कारण ३ मंसीर २०७४ मा ३६ वर्षीय छोरा प्रकाशलाई गुमाएका थिए।
हेर्दा निरोगी र तन्दुरुस्त देखिने युवा र अधवैंशेले पनि अचानकको हृदयघातबाट ज्यान गुमाउन थालेपछि धेरैमा चिन्ता थपिएको छ। चिन्ता मात्र होइन, धेरैलाई यसले त्रसित पनि बनाएको छ। तर, हृदयघात अचानक हुँदैन। यसका धेरै कारण हुन्छन्। आफ्नो व्यवस्थित जीवनशैलीबाट हृदयघातको जोखिम निकै कम गर्न सकिन्छ।
के हो हृदयघात ?
हृदयघात मुटुमा हुने रक्तप्रवाहलाई सञ्चालन गर्ने धमनी शतप्रतिशत बन्द भएपछि हुन्छ। यो धमनी बन्द हुने क्रम (ब्लकेज) सानै उमेरदेखि पनि शुरू हुन सक्छ। र, विस्तारै त्यो ‘ब्लकेज’ बढ्दै जान्छ। मुटुरोग विशेषज्ञहरूका अनुसार ७० प्रतिशतसम्म ‘ब्लकेज’ भएको व्यक्तिलाई त्यसको खासै केही अनुभव हुँदैन।
जब ब्लकेज बढ्दै जान्छ, त्यसमाथि धमनीभित्र रहेको ‘इन्टीमा’ भनिने तह फुट्न सक्छ। जब इन्टीमा फुट्छ, एकछिन अघिसम्म राम्रै रहेको व्यक्ति पनि हृदयघातको शिकार हुन्छ। मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य भन्छन्, “इन्टीमा क्लियर हुनेबित्तिकै प्लेटिलेट्स जम्मा भएपछि त्यो शतप्रतिशत ब्लक हुन्छ। हृदयघात भएको व्यक्तिलाई एक घण्टाभित्र उपचार गराउन सकियो भने मात्र बचाउन सकिन्छ।” डा. वैद्यका अनुसार त्यो ब्लकेजको मुख्य कारण कोलेष्ट्रोल जम्मा हुँदै गएर जम्नु हो।
कसरी थाहा पाउने ?
चिकित्सकहरूका अनुसार सामान्यतया हृदयघात थाहा नहुन सक्छ। छाती दुख्नेदेखि अस्वभाविकरूपमा पसिना आउनु पनि हृदयघातको पहिलो लक्षण हुन सक्छ। “ब्लकेज छ/छैन भनेर थाहा पाउनको लागि हरेक वर्ष मुटुको जाँच गराउनैपर्छ”, डा. वैद्य भन्छन्, “ईसीजी गर्दा ९९ प्रतिशत हृदयघात भइसकेपछि मात्र थाहा हुन्छ, टीएमटी (ट्रेड मिल्ल टेष्ट) गर्दा ५० प्रतिशत थाहा हुन सक्छ, तर एन्जीओग्राफी गरेपछि भने शतप्रतिशत ब्लकेज छ वा छैन भन्ने थाहा हुन्छ।”
टीएमटीमा अलिकति पनि शंका लाग्यो वा मुटुमा रगत कम पुगेजस्तो लाग्यो भने ब्लकेज भए/नभएको थाहा पाउन एन्जियोग्राफी गर्नुपर्ने उनको सल्लाह छ।
यी हुन् बच्ने उपाय
मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यका अनुसार हृदयघातको जोखिम घटाउने धेरै कुरा हामी आफैंमा निर्भर हुन्छन्। यसबाट जोगिने सबभन्दा उपयुक्त उपाय भनेको व्यवस्थित जीवनशैली नै हो। त्यसका लागि डा. वैद्यका सुझाव छन्ः
१. खानपानमा चिल्लो कम खाने, मासु कम खाने। खानपानमा विशेष ख्याल गर्ने।
२. नियमितरूपमा व्यायाम गर्ने, दैनिक कम्तीमा आधा घण्टा नियमित हिँड्ने। नियमितरूपमा व्यायाम गर्ने व्यक्तिमा ब्लकेज भएको अवस्थामा पनि हृदयघातको जोखिम कम कम हुन्छ।
३. वर्षमा एकपटक रगत परीक्षण गर्ने र कोलेष्ट्रोल जाँच गर्ने। खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ।
४. अहिले ३० वर्ष आसपासका व्यक्तिलाई पनि हृदयघात हुन थालेकाले ३० वर्ष पुगेपछि वर्षमा कम्तीमा एकपटक मुटु जाँच गर्ने। मुटु जाँच गर्दा यसका केही संकेत थाहा पाउन र त्यहीअनुसार सजगता अपनाउन सकिन्छ।
तर, हृदयघातको जोखिम वंशाणुगत कारणले पनि हुन्छ। ३० वर्षभन्दा कम उमेरका व्यक्तिमा देखिएको हृदयघातको मुख्य कारण वंशाणुगत नै हो।
जस्तो कि, कसैको हजुरबुबालाई हृदयघात भएको रहेछ भने नाति ३० वर्षभन्दा कम उमेरकै भए पनि हार्ट–अट्याकको खतरा बढी हुन्छ। वंशाणुगत कारणको उपचार छैन, तर जीवनशैली व्यवस्थित गरेर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ।
" /> काठमाडौं। ३० मंसीर बिहान शुभ समाचारको पढ्ने–हेर्ने–सुन्ने पर्खाइमा रहेका धेरै व्यक्ति अनपेक्षित अशुभ समाचारले बेचैन बने। सबैलाई बेचैन पार्ने त्यो समाचार थियो, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको।त्यस दिन बिहान हुँदानहुँदै ५१ वर्षीय भट्टराईको निधन भएको खबर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भइसकेको थियो। राति नै हृदयघात भएका भट्टराईलाई अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए।

">