मन्त्रीले दिए धुव्रे हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारीको उपचारका लागि एक लाख
<p>काठमाडौं। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले ध्रुवे हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका सरकारीको उपचारको लागि व्यक्तिगत रुपमा एक लाख रुपैयाँ दिएका छन्।</p>
<p>गैँडा गणनाका क्रममा यही चैत २० गते धु्रवे नामक जङ्गली हात्तीले लखेट्दा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ खसेर गम्भीर घाइते भएका थिए।</p>
<p>घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर उनले उक्त रकम प्रदान गरेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्