नेपालका ५० जिल्लामा करिब १२ सय विदेशी कैदीबन्दी
<p>काठमाडौं। नेपालका ५० जिल्लामा रहेका जेलहरुमा १ हजार १ सय ९३ जना विदेशी नागरिक कैदीबन्दीको रुपमा रहेको पाइएको छ। </p>
<p>कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा रहेका विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयहरुको रहेको छ। त्यसपछि ठूलो संख्या भुटानीहरुको रहेको छ। </p>
<p>विदेशी कैदीबन्दीहरु मध्ये सबैभन्दा बढी पर्सामा १९८ जना, ललितपुरमा १२६, काठमाडौंको जगन्नाथदेवलमा १६५ जना, मकवानपुरमा ७६ जना र बाँकेमा ५८ जना रहेका छन्। बाँकी अन्य जिल्लामा रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्