काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ । संघको २७ औं साधारणसभाअन्तर्गत गएराति भएको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ नै विजयी भएको हो ।
संघको अध्यक्षमा निर्वाचित विष्णुप्रसाद गैरेले कूल ३३० मत प्राप्त गर्दा प्रगतिशील समूहबाट अध्यक्षका उम्मेदवार सरोजकुमार पोखरेलले २८३ मत प्राप्त गरे । पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षका उम्मेदवार थिए ।
सङ्घको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् ।
दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेल सदस्य चुनिएका छन् ।
संघको निर्वाचनमा ६२१ प्रतिनिधिले मतदान गरेका थिए । निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका थिए । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनी निर्वाचन प्रक्रियामा सहभागी भएका थिएनन् ।
" /> काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ । संघको २७ औं साधारणसभाअन्तर्गत गएराति भएको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ नै विजयी भएको हो ।संघको अध्यक्षमा निर्वाचित विष्णुप्रसाद गैरेले कूल ३३० मत प्राप्त गर्दा प्रगतिशील समूहबाट अध्यक्षका उम्मेदवार सरोजकुमार पोखरेलले २८३ मत प्राप्त गरे । पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षका उम्मेदवार थिए ।

">