काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले जाजरकोटमा प्रहरीमाथि आक्रमण गरेका छन्।
नलगाड नगरपालिकाको सिर्केमा चन्द समूहका कार्यकर्ताले आक्रमण गर्दा प्रहरी सहायक निरीक्षक गंगा चन्द र एक हवल्दार घाइते भएका छन्।
स्थानीय महिलाले प्रहरी चौकीमा दिएको निवेदनका विषयमा बुझ्न जाँदै गरेको अवस्थामा चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको जाजरकोट प्रहरी प्रमुख, डीएसपी श्यामबहादुर खत्रीले देखापढीलाई बताए।
उनका अनुसार सादा पोशाकमा रहेका प्रहरीमाथि आक्रमण भएको हो।
“एक महिलाले गालीगलौजको उजुरी गरेपछि त्यस विषयमा बुझ्न जाँदै गरेको अवस्थामा उनीहरूले आक्रमण गरेका हुन्”, डीएसपी खत्रीले भने, “उनीहरू अप्ठेरो ठाउँमा ढुकेर बसेका रहेछन्, त्यहाँबाट ढुङ्गामुढा गर्न थालेपछि हतियार पनि नबोकेका प्रहरी भागेर चौकीमा आइपुगेका छन्।”
केही समयअघि सिर्के नजिकै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र प्रदेश सदस्य डम्बरहादुर सिंहमाथि पनि चन्द समूहका कार्यकर्ताले आक्रमण गरेका थिए।