राहदानी विभागसँग अब मात्र तीन लाख एमआरपी बाँकी <p>काठमाडौं। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागसँग अब मात्र तीन लाख थान मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) बाँकी रहेका छन्।&nbsp;</p> <p>विभागले पछिल्लो ११ वर्षको अवधिमा ६७ लाख एमआरपी जारी गरिसकेको छ।&nbsp;</p> <p>विभागले फ्रान्सको ओर्बथर कम्पनीसँग दुई पटक गरी ७० लाख एमआरपी जारी गर्ने सम्झौता गरेको थियो। सोही बमोजिम अब जारी हुन बाँकी एमआरपी तीन लाख बाँकी रहेका हुन्।</p> <p>विभागले आउँदो सेप्टेम्बर बाट इ&ndash;पासपोर्ट (विद्युतिय पासपोर्ट) जारी गर्ने तयारी गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्