नक्सलवादीलाई सिध्याएरै छाड्ने भारतीय गृहमन्त्री शाहको हुँकार
<p>काठमाडौं। “सेनाले जुन बलिदान दिए, त्यसलाई देशले कहिल्यै भुल्न सक्दैन,” भारतका गृहमन्त्री अमित शाहले भने, “म विश्वास दिलाउन चाहन्छु– यो घटनापछि युद्ध थप तीव्र हुनेछ र विजय पाएरै यो सकिनेछ।”</p>
<p>भारतको छत्तीसगढ बिजापुर–सुकमा सीमामा हालै भएको नक्सलवादी आक्रमणमा परी २३ सैनिक जवानको निधन भएको थियो। संघर्षमा निधन भएका सैनिकलाई गृहमन्त्री शाहले सोमबार श्रद्दाञ्जलि दिने क्रममा उक्त भनाइ आएको हो।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्