इन्डोनेसियाको भूस्खलनबाट ५५ को मृत्यु, दर्जनौं बेपत्ता
<p>काठमाडौं। इन्डोनेसियमा परेको भारी वर्षाका कारण भूस्खलन हुँदा ५५ जनाको मृत्यु भएको छ। दर्जनौं बेपत्ता छन् भने हजारौं विस्थापित हुन पुगेका छन्।</p>
<p>बाक्लो वस्ती रहेको देशको पूर्वी नुसा टेंगारा प्रान्तको एडोनारा द्विपमा आधा रातमा पहिरो गएको थियो। पहिरोले सडकसमेत छेकेका कारण उद्धार कार्य कठिन बनेको बताइएको छ। बबढी र भूस्खलनबाट कम्तीमा ६ वटा गाउँ प्रभावित भएको छ।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्