तीन वर्षमा करिब ३९ हजार महिला तथा बालबालिका घरेलु हिंसाबाट पीडित
<p>काठमाडौं। पछिल्लो तीन वर्षमा देशभर ३८,७३७ जना महिला तथा बालबालिकाहरू घरेलु हिंसाबाट पीडित बनेका छन्। राष्ट्रिय मानवअधिकार आयोगका अनुसार आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ मा ती महिला तथा बालबालिकाहरूले आफूहरूविरुद्ध घरेलु हिंसा भएको भनी उजुरी दिएका थिए।</p>
<p>आर्थिक वर्ष २०७४/७५ मा १२,२२५, २०७५/७६ मा १४,७७४ र २०७६/७७ मा ११,७३८ जनाले उजुरी दिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्