४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सम्पन्न <p>काठमाडौं। भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सम्पन्न गरेको छ। सम्पन्न परियोजनामध्ये दाङमा ६ वटासहित ४१ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन्।</p> <p>परियोजनाअन्तर्गत पूर्व-पश्चिम राजमार्ग तथा भारत-नेपाल सीमालाई जोड्ने लमहीदेखि कोइलाबाससम्मको करिब ३३.५ किलोमिटर सडक निर्माणका लागि भारतले ६९.८ करोड आर्थिक सहयोग प्रदान गरेको छ। लमही र कोइलाबाससहितका नौवटा वडाका सात गाउँलाई सो कालोपत्रे सडक खण्डले जोड्दछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्