भारतको करिब ९ करोड सहयोगमा निर्मित दुई परियोजनाको उद्घाटन
<p>काठमाडौं। भारतको ८ करोड ९२ लाख रूपैयाँ अनुदान सहयोगमा निर्मित दुई परियोजनाको उद्घाटन गरिएको छ। परियोजनाको उद्घाटन काठमाडौंस्थित भारतीय दूतावासका प्रशासन प्रमुख वरुण वंशलले गरेका हुन्।</p>
<p>वंशलले नेपालगञ्जमा हालै स्तरोन्नत गरिएको फत्तेबाल आँखा अस्पताल र दाङको लमही बजारमा निर्मित राप्ती शितभण्डारको उद्घाटन गरेका हुन्। दुवै परियोजनाहरू नेपाल-भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रूपमा सम्पन्न गरिएको दूतावासले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्