अमेरिकी राष्ट्रपति ट्रम्पबिरुद्ध महाभियोग प्रस्ताव पारित

काठमाडौं। अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कंग्रेस) ले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ।

संसदको तल्लो सदनबाट महाभियोग पारित हुने उनी अमेरिकाको तेस्रो राष्ट्रपति हुन्।

अब माथिल्लो सदन, सिनेटले गर्ने यस सम्बन्धी निर्णय ट्रम्पको राष्ट्रपति पदले निरन्तरता पाउने वा नपाउने भन्नेमा निर्णायक हुनेछ।

राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र संसदको तल्लो सदन, कंग्रेसमा अबरोध गरेकोसहित दुईवटा अभियोगमा महाभियोग प्रस्ताव ल्याइएको थियो।

दुवै अभियोगलाई निर्णयार्थ प्रस्तुत गरिँदा ट्रम्पको विपक्षमा २३० र पक्षमा १९७ मत परेको थियो।

कंग्रेसमा मतदान हुँदा डेमोक्र्याटहरुले महाभियोगको पक्षमा र रिपब्लिकनहरुले विपक्षमा मतदान गरेका थिए।

कंग्रेसमा डेमोक्र्याटहरुको बहुमत छ।

सिनेटमा भने रिपब्लिकनहरुको बहुमत रहेकाले ट्रम्पको राष्ट्रपति पद सुरक्षित नै रहने आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्