सुनचाँदीमा राजश्व छली गरेको आरोपमा २ जनाबिरुद्ध मुद्दा
काठमाडौं। राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर दायर गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजश्व चुहावट गरेको पाइएकाले एक करोड ५३ लाख १५ हजार रूपैयाँ बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजश्व अनुसन्धान विभाग, ललितपुरले जनाएको छ ।

उनीहरूले एक करोड २३ लाख रूपैयाँ बराबरको सुन र झण्डै चार लाख रूपैयाँ बराबरको चाँदीमा राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।

उनीहरूबिरुद्ध २ पुसमा मुद्दा दायर गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, धनगढीको टोलीले बा. १९ च ७४१३ नम्बरको गाडी जाँच गर्दा बिना बिलविजक सुन र चाँदी फेला पारी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो ।

अनुसन्धानमा कुनै वैधानिक प्रमाण फेला नपरेकाले सैजु र चौधरीले बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरी ल्याएको देखिएको विभागले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्