कर्णाली कोरिडोरको निर्माण तीव्र <p>हुम्ला। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ ।&nbsp;</p> <p>ब्लाष्टिङ सामग्रीको अभावका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य सुरु भएको सिमिकोट&ndash;हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए ।&nbsp;</p> <p>सिमिकोट&ndash;हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्