प्रहरी र तस्कर समूहबीच गोली हानाहान <p>कैलाली। कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल&ndash;भारत सीमा नाकामा लागूऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।</p> <p>सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।</p> <p>जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्