नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित <p>काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने कोषाध्यक्षलाई निलम्बन गरेको छ ।&nbsp;<br /> संघले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई निलम्बन गरेको हो ।<br /> राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए ।&nbsp;</p> <p>कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्