बिस्केटलगायतका जात्रापर्व मनाउन नपाइने
<p>काठमाडौं। आठ रात नौ दिनसम्म भक्तपुरमा मनाइने बिस्केट जात्रामा जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ। कोरोना भाइरस संक्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा महामारी थप फैलिनसक्ने भन्दै जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवम् पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको हो।<br />
बिस्केट, भैरव, भद्रकालीको रथ तान्ने, लिङ्गो उठाउने, जिब्रो छेड्ने, बालकुमारीमा मनाइने सिन्दुर जात्रालगायतका भीडभाड हुने जात्रापर्व मनाउन सरकारले रोक लगाएको छ।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्