कर्णाली करिडोरको काम तीव्र <p>हुम्ला। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली करिडोर निर्माण तीव्र पारिएको छ। ब्लास्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि महिनौंदेखि रोकिएको निर्माण कार्य सुरु भएको हो।&nbsp;<br /> सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्ग दुई महिनाभित्र सम्पन्न हुने बताइएको छ। हुम्लाको चंखेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सर्केगाडको दुल्लीकुनासम्म खुलिसकेको र ट्र्याक्टरसमेत पुगिसकेको छ। चट्टान तथा ठूला ढुंगा फुटाउने मेसिन सम्बन्धित क्षेत्रमा पुर्याउने काम भइरहेको छ।(रासस)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्