६० करोडमा बेत्रावती–गोसाइँकुण्ड रणनीतिक सडक निर्माण <p>काठमाडौं। नुवाकोटको बेत्रावतीदेखि रसुवाको गोसाइँकुण्डसम्म रणनीतिक सडक निर्माण हुने भएको छ। बेत्रावती&ndash;कालिकास्थान&ndash;स्याउवारी&ndash;लोकिल&ndash;वेताङ&ndash;आरुखर्क&ndash;लाङ्बु&ndash;थाङ्दोर&ndash;सिमबन्दी हुँदै गोसाइकुण्ड जाने रणनीतिक सडक आयोजनामा समावेश भएको छ।&nbsp;<br /> सडक निर्माणका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन समेत भैसकेको प्रदेश सांसद प्रेम तामाङले जानकारी दिए। सडक निर्माणमा रसुवाका सांसद मोहन आचार्यले विशेष प्रयास गरेको उनले जनाए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्