उदयपुरमा विद्यालय भवन निर्माण गर्न भारतले दियो चार करोड २९ लाख

देखापढी

काठमाडौं, चैत २४

उदयपुरको त्रियुगा नगरपालिका गाईघाटस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गर्न भारतले चार करोड २९ लाख अनुदान सहयोग दिएको छ।

काठमाडौंस्थित भारतीय दूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच विद्यालय भवन निर्माण सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत भवन निर्माण कार्य अघि बढाइएको भारतीय दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्