कृषि परियोजनाको पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु
<p>बझाङ। बझाङको तलकोट गाउँपालिका-१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्कीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फुटेको हो।</p>
<p>मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।</p>
<p>रासस</p>
प्रतिक्रिया दिनुहोस्