एनआरएनएको विधान परराष्ट्रद्वारा प्रमाणीकरण <p>काठमाडौँ। गत जनवरी २३ र २४ तारिखमा सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विशेष अन्तर्राष्ट्रिय महाधिवेशद्वारा पारित संशोधित विधान परराष्ट्र मन्त्रलायले प्रमाणीकरण गरेको छ।</p> <p>विधान प्रमाणीकरण भएकोमा एनआरएनएले आज विज्ञप्ति जारी गर्दै विधान संशोधन सुझाव समिति तथा संशोधनको लागि भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ।</p> <p>संशोधित विधानअनुसार आफ्ना गतिविधिहरू गर्न सबै राष्ट्रिय समन्वय परिषद्लाई एनआरएनएले निर्देशनसमेत दिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्