पाकिस्तानमा चिनी अभाव, किलोको रु १६०
<p>काठमाडौं। दक्षिण एसियाली मुलुक पाकिस्तानमा चिनीको अभाव भएको छ। बजारमा पाकिस्तानी रूपैयाँ १६० मा चिनी बेच्न थालिएको छ। भारतसँग चिनी खरिद सम्झौता हुन नसकेपछि त्यहाँ अभाव हुन थालेको हो।</p>
<p>चिनीको बढ्दो माग पूरा गर्न पाकिस्तानले ५० हजार टन खरिद गर्न ग्लोबल टेन्डर गएको छ। पाकिस्तानले भारतबाट आयात प्रतिबन्ध लगाएपछि चिनी, कटनलगायतका वस्तु अभाव हुन थालेको हो।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्