काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौं जिल्ला अदालतले दिएको आदेशविरुद्ध दिएको पुनरावेदनको निवेदनमाथि उच्च अदालतमा सुनुवाई शुरु भएको छ ।
अहिले उच्च अदालत पाटनमा उनको पुनरावेदन निवेदनमाथि सुनुवाइ भइरहेको अदालतका रजिष्टार बाबुराम दाहालले जानकारी दिए।
उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासमा सुनुवाइ भइरहेको छ।
महराले थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न माग राखेर उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको भन्दै उनी विरुद्ध मुद्दा दायर भएको थियो।
काठमाडौं जिल्ला अदालतले १९ कात्तिकमा महरालाई पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।
१७ मंसिरमा उच्च अदालतमा निवेदन दर्ता भएको थियो। निवेदन दर्तापछि मुख्यन्यायाधीश नहकुल सुवेदीको इजलासले मुद्दाको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो।
इजलासले सुनुवाइपछि महरालाई साधारण तारेखमा छाड्ने, वा धरौटीमा छाड्ने अथवा काठमाडौं जिल्ला अदालतकै आदेशलाई सदर गर्ने भन्ने निर्णय गर्नेछ।
" /> काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौं जिल्ला अदालतले दिएको आदेशविरुद्ध दिएको पुनरावेदनको निवेदनमाथि उच्च अदालतमा सुनुवाई शुरु भएको छ ।अहिले उच्च अदालत पाटनमा उनको पुनरावेदन निवेदनमाथि सुनुवाइ भइरहेको अदालतका रजिष्टार बाबुराम दाहालले जानकारी दिए।

">