एसियनको समर्थनमा रिहाना अमेरिकी सडकमा उत्रिइन्
<p>काठमाडौं। पछिल्लो समय अमेरिकामा एसियन मूलका नागरिकमाथि भइरहेको आक्रमणको विरोधमा पवस्टार रिहाना सडकमा उत्रिएकी छिन्। </p>
<p>स्टप एसियन हेट लेखिएको प्लेकार्डसहित उनी सडकमा प्रदर्शनमा उत्रिएकी हुन्। पछिल्लो समय अमेरिकामा एसियन मुलका नागरिकमाथि चक्कु प्रहार हुने, आक्रमण गर्ने क्रम बढेपछि विश्वभर सवत्र विरोध भइरहेको छ। </p>
<p>विशेष गरी चिनियाँ नागरिक जस्ता देखिनेलाई आक्रमणकारीले निशाना बनाउने गरेका छन्। त्यसको विरोधमा उनले प्लेकार्डसहित प्रदर्शन गरेकी हुन्।</p>
प्रतिक्रिया दिनुहोस्