काठमाडौं। रोहन मुस्तफा र पारस खड्काको अर्धशतकप्रेरित चितवन राइनोजले पोखरा प्रीमियर लिग (पीपिएल)मा बुटवल ब्लास्टरलाई २ सय ४ रनको लक्ष्य दिएको छ।
पोखरा रंगशालाको क्रीकेट मैदानमा चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो। बुटवलका कप्तान सोमपाल कामिले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर सोमपालको निर्णय महंगो सावित भयो।
चितवनका ओपनरद्वय मुस्तफा र पारसले पहिलो विकेटकै लागि १ सय १७ रनको साझेदारी गरे। पारसले ६३ रन जोडे। कप्तान पारसले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे। पारसलाई अफ्ताबुद्दिन अहमदले सोमपालमार्फत क्याच गरे।
पारस आउट भएपछि बाबर हायतसंग दोस्रो विकेटका ७ रनको साझेदारी गरेका मुस्तफाले तेस्रो विकेटका लागि आरिफ शेखसंग ६९ रनको साझेदारी गरे। आरिफले १९ बलमा ३ चौका र ३ छक्कासहित ४० रन बनाए। मुस्तफा ७० रनमा अविजित रहे। ५६ बल खेलेका मुस्तफाले ७ चौका र २ छक्का प्रहार गरे। सन्ने पटेल ४ रनमा अविजित रहे।
बुटवलका अफ्ताबुद्दिन २ तथा अबिनाष बोहराले १ विकेट लिए। बुटवल र चितवन दुबैको यो दोस्रो खेल हो। चितवनले पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो भने बुटवलले काठमाडौं गोल्डेन्स वारियर्समाथी सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको थियो।