जापानले थप्यो उत्तर कोरियामाथिको प्रतिबन्ध
<p>काठमाडौं। जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध थपेको छ। जापान सरकारले दिएको जानकारीअनुसार प्रतिबन्ध थप दुई वर्षको लागि थप गरिएको हो।</p>
<p>कोरियाली सरकारले आणविक हतियार निर्माणको काम र अपहरणमा परेका जापानी नागरिक छुटाउने ठोस पहल नगरेको जापानले बताएको छ।</p>
<p>प्रतिबन्धले कोरियाली जहाजलाई जापानी बन्दरगाहमा प्रवेश नपाउनेलगायत छन्।</p>
प्रतिक्रिया दिनुहोस्