नेदरल्यान्ड्समा १.८ करोड पाउन्डको चित्र चोरेको आरोपमा एकजना पक्राउ
<p>द गार्जियन। गत वर्ष भिन्सेन्ट भान गग र फ्रान्स ह्याल्सको १.८ करोड पाउन्ड पर्ने चित्रकला चोरेको आरोपमा डच प्रहरीले एकजना ५८ वर्षीयलाई पक्राउ गरेको छ। </p>
<p>गत वर्ष भान गगको ‘द पार्सनेज गार्डेन’ र ह्याल्सको ‘टु लाफिङ ब्वाइज’ चित्रहरू एम्स्टरड्यामको एक सङ्ग्रहालयबाट दुई महिनाको अन्तरालमा चोरी भएको थियो। कोभिड-१९ सम्बन्धी कडाइकै बेला भान गगको १६७ औँ जन्मजयन्तीका क्रममा उक्त चित्र चोरी भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्