कोरोना नियन्त्रणका लागि कडाइ गर्ने ब्राजिलियन मेयरलाई ज्यान मार्ने धम्की
<p>अल जजिरा। ब्राजिलका सहरहरूमध्ये सर्वाधिक २४८ कोरोना सङ्क्रमण हुनेबित्तिकै लकडाउन घोषणा गर्ने अराराक्वारा सहरका मेयर इडिन्हो सिल्भाले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। </p>
<p>“ब्राजिल कठिन समयबाट गुज्रिँदै छ, जहाँ घृणा, हिंसा र शस्त्रीकरणलाई बढावा दिइँदै छ,” उनले भने, “तर म डराउँदिनँ।”</p>
<p>ब्राजिलमा कोरोनाले भयावह स्थिति रहेता पनि अराराक्वारामा भने पूर्वतयारीका कारण सङ्क्रमितको सङ्ख्या न्यून छ।</p>
प्रतिक्रिया दिनुहोस्