क्यानाडामा महामारीको ‘गम्भीर तेस्रो लहर’ : प्रधानमन्त्री ट्रुडो
<p>अल जजिरा। प्रधानमन्त्री जस्टिन ट्रुडोले मङ्गलबार क्यानाडा कोरोनाभाइरसको ‘निकै गम्भीर तेस्रो लहर’बाट गुज्रिरहेको बताएका छन्। राजधानी ओट्टावामा एक प्रेस भेलामा उनले त्यहाँ अस्पतालमा भर्ना हुनेहरू बढिरहेको र नयाँ किसिमको कोरोनाभाइरस फैलिरहेको जनाएका हुन्।</p>
<p>जन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार क्यानाडामा कम्तीमा १० लाखजना कोरोना सङ्क्रमित छन् भने हालसम्म २३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्