काठमाडौं। भारतमा नागरिकता संशोधन कानूनको विरुद्धमा प्रदर्शन गरिरहेका चर्चित इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार गुहासहित अन्य ३० जनालाई प्रहरीले हिरासतमा लिएको छ। नागरिकता संशोधन कानूनका विरुद्धमा आज भारतभरि प्रदर्शन भइरहेको छ। दिल्लीको लाल किलामा धारा १४४ लगाइएको छ। अर्थात त्यस क्षेत्रमा चार या सोभन्दा बढी मानिसलाई समूहमा भेला हुन बन्देज गरिएको छ। भारतीय प्रहरीले प्रदर्शनमा उत्रिएका अन्य दर्जनौंलाई पक्राउ गरेको छ। जसमा स्वराज इन्डियाका अध्यक्ष योगेन्द्र यादव पनि छन्।
विवादास्पद नागरिकता संशोधन कानूनका सम्बन्धमा भारतका विभिन्न भागमा विरोध निरन्तर भइरहेको छ। नयाँ नागरिकता कानूननमा अफगानिस्ताल बंगलादेश र पाकिस्तानमा प्रताडित भएर भारत पसेका मुस्लिमबाहेकका व्यक्तिहरुलाई नागरिकता दिने प्रावधान छ। तर भारतमा शरण लिन चाहेका मुस्लिम समुदायलाई भने नयाँ कानूनले नागरिकता दिन सकिने दायराबाट बाहिरै राखिएको छ।
" /> काठमाडौं। भारतमा नागरिकता संशोधन कानूनको विरुद्धमा प्रदर्शन गरिरहेका चर्चित इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार गुहासहित अन्य ३० जनालाई प्रहरीले हिरासतमा लिएको छ। नागरिकता संशोधन कानूनका विरुद्धमा आज भारतभरि प्रदर्शन भइरहेको छ। दिल्लीको लाल किलामा धारा १४४ लगाइएको छ। अर्थात त्यस क्षेत्रमा चार या सोभन्दा बढी मानिसलाई समूहमा भेला हुन बन्देज गरिएको छ। भारतीय प्रहरीले प्रदर्शनमा उत्रिएका अन्य दर्जनौंलाई पक्राउ गरेको छ। जसमा स्वराज इन्डियाका अध्यक्ष योगेन्द्र यादव पनि छन्।

">